You are viewing the translated version of काम शुरु गर्नु पर्ने.

Section 10
काम शुरु गर्नु पर्ने
(१) अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्रमा उल्लिखित काम अनुमतिपत्र प्राप्त गरेको छ महिनाभित्र शुरु गरिसक्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको समयावधिभित्र काम शुरु गर्न नसकेमा त्यसको मनासिब कारण सहित समय थपको लागि अनुमतिपत्र प्राप्त संस्थाले मन्त्रालयले “तोकेको अधिकारी समक्ष निवेदन दिन सक्नेछ।

(३) उपनियम (२) बमोजिम निवेदन : प्राप्त भएमा मन्त्रालयले तोकेको अधिकारीले त्यस्तो निवेदन उपर जाँचबुझ गरी समय अवधि थप गर्नु पर्ने कारण मनासिब देखिएमा बढीमा तीन महिनासम्मको समय थप गर्न सक्नेछ।

(४) उपनियम (१) बमोजिम काम शुरु गर्नु अघि प्रचलित कानूनबमोजिम कुनै : निकायको स्वीकृति वा अनुमतिपत्र लिनु पर्ने रहेछ भने त्यस्तो निकायबाट स्वीकृति वा अनुमतिपत्र लिएर काम शुरु गर्नु पर्नेछ।